यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।
Open platform to exchange our views, knowledge, stigma, fear, queries, curiosities, regarding Sexual and Reproductive Health and Rights (SRHR).
Tuesday, February 22, 2022
मिसजस्ती ममी भए...
Tuesday, February 8, 2022
किशोरावस्थाको डर र उत्सुकता
–बबिता मैनाली
इलाम ६, बाह्रबस्ती
जब म मानसिक अनि शारीरिक रूपमा परिपक्व हुने क्रममा थिएँ, मेरो शरीरमा आउन थालेका परिवर्तन देखेर आफैँ छक्क पर्थेँ ।
डर पनि लाग्थ्यो ।
मलाई के भएको होला, किन यस्तो भएको होला...यस्तै यस्तै प्रश्न मेरो मनमा खेलिरहन्थे ।
किशोरावस्थामा प्रवेश गर्दा मेरो स्तन बढ्न थाल्यो । स्तन विकास हुने प्रक्रिया जब सुरु भयो, तब मलाई भित्रैबाट दुखेजस्तो महसुस हुन थाल्यो । म केही बिरामी त भइनँ भन्ने कुरा सम्झेर मनमा एक किसिमको डर पनि लागेको थियो । त्यतिमात्रै होइन, शरीरका अन्य अंग पनि बिस्तारै विकास भइरहेका थिए । शरीरका विभिन्न भागमा रौँहरू देखा परिरहँदा मलाई एकदम डर लागेको थियो ।
अरूलाई पनि यस्तै हुन्छ कि हुन्न होला, कि मलाई मात्रै यस्तो भएको हो, यदि मलाई मात्रै यस्तो भएको रहेछ भने के गर्ने, यस्तैयस्तै प्रश्न मेरो मनमा बारम्बार आउँथे । ती प्रश्नले मलाई उत्सुकता त जगाउँथे नै, भित्रभित्रै डर पनि लाग्थ्यो । आफूमा भइरहेका परिवर्तन स्वाभाविक हुन् कि होइनन् भनेर थाहा पाउन मन लाग्थ्यो । आफू बिरामी भएको हो कि होइन भनेर कसैलाई सोध्न पाए पनि हुन्थ्यो भन्ने भाव पटकपटक आइरहन्थे । किशोरावस्थामा हुने यस्ता अनेक खुल्दुलीका कारण म धेरै आत्तिएकी थिएँ ।
तर जब ७, ८ मा पढ्दा किशोरावस्थामा आउने परिवर्तनका बारेमा थाहा पाउन थालेँ, मन बिस्तारै हल्का हुन थाल्यो । विद्यालयमा स्वास्थ्य विषय पढाउने शिक्षिकाले किशोरावस्थामा आउने यस्ता परिवर्तन त सामान्य हुन्, स्वाभाविक हुन् भनेर पढाउनुभयो । यस्ता परिवर्तन हुनु भनेको आफू स्वस्थ छु भनेर थाहा पाउने तरिका हो भन्ने कुरा पनि उहाँले नै सिकाउनुभयो । अनि यस्ता परिवर्तनका बारेमा प्रश्न सोध्न, आफूमा आएका परिवर्तनलाई देखेर डराउनु हुँदैन भनेर पनि थाहा दिनुभयो ।
उहाँकै कारण मेरो मनमा भएको डर र लाज कम हुँदै गयो । हिजोआज त, आफूलाई केही स्वास्थ्य समस्या पर्यो, शरीरमा केही नयाँ अनुभव गरेँ भनेपनि म लाजडर नमानी सोध्न सक्छु । मभन्दा साना भाइबहिनी वा अरू कसैलाई किशोरावस्था सम्बन्धि त्यस्तै उत्सुकता वा डर छ भनेर अप्ठेरो नमानी आफ्ना आमा, दिदी, बहिनीहरूसँग सेयर गर्न सल्लाह दिन्छु । त्यतिमात्रै होइन, त्यस्ता किशोवास्थामा केही अन्य जटिल स्वास्थ्य समस्या देखियो भने, स्वास्थ्यसंस्थामा काम गर्ने स्वास्थ्यकर्मीसँग परामर्श लिनुहोला भनेर पनि सुझाउँछु ।
किशोरावस्थामा आउने यस्ता परिवर्तनबारे हामीले खुलेर कुरा गर्न नसक्दा विभिन्न प्रकारको दुर्व्यवहार, हिंसा तथा जोखिममा पर्ने डर पनि हुन्छ । हामीले त्यस्ता परिवर्तनका बारेमा आफ्ना अभिभावकलाई वा भनौँ शिक्षकशिक्षिकालाई सेयर गर्न सकेनौँ भने गलत तरिकाबाट ज्ञान लिन खोज्ने जोखिम पनि हुन्छ । जसले गर्दा, आफूसँगसँगै अरूलाई पनि समस्यामा पार्न सक्छौँ ।
मैले कति जनाले आफ्नै दाइ अनि अरू मान्छेले दुर्व्यवहार गरेको, विभिन्न गलत क्रियाकलाप गरेको कुरा सुनेको छु । मेरै साथीहरूले पनि मलाई यस्ता कुरा बेलाबेलामा सेयर गरिरहेका हुन्छन् । कतिपय ठाउँमा नराम्रो घटना हुने गरेको पनि हामीले सुनिरहेका हुन्छौँ ।
त्यसैले यो विषयमा कुरा राख्नुपर्दा, आफ्नो नजिकैको साथी वा परिवारका सदस्य, आमा, दिदीहरूसँग बुझ्न आग्रह गर्छु । किनभने, हामीलाई अप्ठ्यारो परेको बेला कसैले दुर्व्यवहार गर्न नसकोस् । हामी आफैँ चनाखो भन्यौँ भने मात्रै पनि, हामीलाई आइपर्न सक्ने दुर्व्यवहारका विभिन्न घटनाबाट जोगिन सक्छौँ र अरूलाई पनि जोगाउन सक्छौँ ।
यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।
म एक छोरीकी आमा
-किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...
-
रिती का अधिकारी टिनटिनटिन...घण्टी बज्यो । सबैजना घर जाने भनेर खुसी भए । मलाई भने कहिल्यै घर जान नपरे हुन्थ्यो झैँ भएको थियो । आँखैअघि हरब...
-
गरीमा पौडेल जब मैले मेरो योनाङ्गबाट रगत बगिरहेको पहिलोपटक देखेँ, म स्तब्ध भएँ । म केही बोल्नै सकिनँ ! मनमा अनेकौँ कुराहरू खेल्न थाले । मलाई ...
-
–पार्वता भण्डारी Photo Source: bebodywise.com पहिलो पटक महिनावारी हुँदा म १४ वर्षकी थिएँ । महिनावारी हुँदा के हुन्छ भनेर मलाई राम्रोसँग ...