Tuesday, October 19, 2021

त्यो पहिलो हस्तमैथुन...

–नाम प्रकाशित नगर्ने शर्तमा

धनुषा


Photo Source: dreamstime.com

हस्तमैथुनबारे साथीहरूबाट धेरै सुनेको थिएँ । उनीहरू हरेक दिनजसो नयाँनयाँ किस्सा सुनाउँथे । मलाई भने खासै वास्ता लाग्दैनथ्यो । तरपनि, उनीहरू आफूले हस्तमैथुन गर्दा के के भयो भनिरहन्थे । कहिलेकसो त स्कुलमा नै पोर्न भिडियो हेर्थे । कहिले भने सपनामा फरक फरक केटीसँग रोमान्स गरेको देखेँ भनेर आआफ्ना अनुभव र सपनाहरू सुनाउँथे । 

मैले उनीहरूको कुरामा चासो दिइनँ भनेर मलाई नराम्रोसँग जिस्काउँथे पनि । तरपनि, मैले उनीहरूको कुरा बेवास्ता गर्थेँ । किनभने, न त मैले सपनामा कसैसँग उनीहरूले भनेकोझैँ रोमान्स गरेको थिएँ, न त मैले उनीहरूले जस्तो हस्तमैथुन नै गरेको थिएँ । मलाई थाहा पनि थिएन कि, सपनामा कसरी रोमान्स हुन्छ र हस्तमैथुन गर्दा के हुन्छ भनेर ।

तर, एकदिनको कुरा हो । साथीले मलाई हस्तमैथुन गर्दा के के हुन्छ भनेर भन्दै थियो । मसँग कुरा गर्दैगर्दा ऊ निकै हौसिएको थियो । ऊ हौसिएको मात्रै थिएन, हस्तमैथुन पनि नगर्ने भनेर बेलाबेला मलाई होच्याउँदै पनि थियो । उसको कुराले मेरो मनमा हिनताबोध बढ्दै थियो, इगो पनि थपिँदै गयो ! उमेरले म त्यतिबेला सानै भएपनि, मेरो मनमा एकदिन म पनि एकदिन गर्छु, पोर्न मुभी हेर्छु अनि यसलाई सुनाउँछु भन्ने भाव तीव्र भइरहेको थियो । 

भर्खर आठ कक्षा सकेर नौ कक्षाको पढाइ सुरु भएको थियो । साथीहरू फलानो फलानोको लभ प¥यो रे, फलानोले हिजो पोर्न मुभी हे¥यो रे, सपनामा सेक्स गरेको देख्यो रे भन्दै ग्रुपग्रुप बसेर कुरा गरिरहेका हुन्थे । उनीहरूलाई देख्दा म आफूलाई एक्लो महसुस गर्न थालेको थिएँ । त्यसैले मैले पनि निश्चय गरेँ, अब म पनि हस्तमैथुन गर्छु, साथीहरूले जस्तै राम्रा राम्रा हिरोइनहरूसँग रोमान्स गरेको सपना देख्छु अनि बुवाकै फोनमा भएपनि लुकेर पोर्न मुभी हेर्छु । 

त्यो दिनदेखि मैले पढ्नु छ भनेर बुवाको फोन माग्न थालेँ । बुवाको फोनमा राखेर हेर्न बजारबाट मेमोरी कार्डमा पोर्न मुभी ल्याउन थालेको थिएँ । 

मैले रातीको समयमा ट्वाइलेट गएर, सानो आवाज बनाएर पोर्न मुभी हेर्न थालेँ । सपनामा साथीले जस्तै रोमान्स गरेको देख्छु कि भनेर पोर्न मुभीका हिरोइनहरूलाई सम्झेर सुत्न थालेँ । त्यतिबेलासम्म हस्तमैथुन गरिहाल्ने हिम्मत आएको थिएन । हस्तमैथुन गर्दा के हुन्छ र मजा आउँछ भन्ने पनि थाहा पाउन सकेको थिइनँ । तर, पोर्न मुभी हेर्दा भने केही दिनदेखि आफूलाई पूर्ण भएको महसुस गरेको थिएँ । 

त्यसपछि साथीले मोबाइलमा नयाँ नयाँ पोर्न भिडियोहरू सेयर गर्न थाल्यो । मैले पनि हेर्न थालेँ । साथीहरूसँग छिल्लिएर, जिस्किएर कुरा पनि गर्न थालेँ । मलाई अझै सम्झना छ, त्यति मात्रै गर्दा पनि मलाई अर्कै किसिमको फिलिङ्ग्स आउन थालेको थियो । 

एकदिनको कुरा हो । स्कुलबाट घर फर्केर, होमवर्क सबै सकेर बसेको थिएँ । साँझको खाना खाने बेला भएको थियो । त्यति नै बेला टिभीमा कण्डमको प्रचार आयो । त्यो कण्डमको प्रचारमा देखाइएका सिन खासै राम्रा थिएनन् । त्यही भएर बुवाले फ्याट्ट टिभी बन्द गरिदिनु भयो । मलाई भने त्यो प्रचार हेर्दा कताकता काउकुती लाग्न थाल्यो । टिभी बन्द गरेकोमा मनमनै बुवासँग रिस पनि उठ्यो । अनि सोचे,ँ आज ल्याएको नयाँ पोर्न मुभी हेर्छु र आजै हस्तमैथुन पनि गर्छु । 

त्यो दिन मैले छिटो छिटो खाना खाएँ । पढ्छु भनेर बुवासँग फोन मागेँ अनि कोठामा गएर ढोका बन्द गरेर बुवाको फोनबाट मेमोरी कार्ड निकालेर मैले ल्याएको मेमोरी कार्ड राखेँ । अनि त्यही फोनमा पोर्न मुभी हेरेँ । अनि एकछिन आँखा बन्द गरेँ, त्यही मुभीको हिरोइनलाई सम्झेँ, जो हिरोसँग नाङ्गै रोमान्स गर्दै थिई । मैले ऊ, मैसँग मेरो कोठामा भएको महसुस गर्न थालेँ अनि बिस्तारै बिस्तारै हात मेरो लिंग तलमाथि गर्दै चलाउन थालँे । म जति छिटो छिटो आफ्नो हातले लिंग सुम्सुम्याउथेँ त्यति नै उत्तेजना बढ्दै थियो । त्यतिबेला मलाई लाग्दै थियो कि, संसारमा यो जति ठूलो मज्जा अरू केही कुरामा छैन । 

त्यसपछि मैले नियमित रूपमा हस्तमैथुन गर्न थालेँ । तर, बिस्तारै पोर्न मुभि हेर्न चाहिँ बन्द गरेँ । किनभने, पोर्न मुभी हेर्न थालेपछि मेरो अरू कुरामा ध्यान जान छोडेको थियो । त्यही भएर पनि मैले बजारबाट मेमोरी कार्डमा पोर्न मुभी ल्याउन र बुवासँग फोन माग्न बन्द गरेको थिएँ । साथीहरूले कहिलेकसो देखाएको बेलामा मात्रै हेर्थेँ । 

तर, हस्तमैथुन गर्न भने छोडिनँ । साथीहरूले भन्थे, हस्तमैथुन गर्न थालेपछि मेरो हाइट बढ्यो, मेरो लिंग अलि बाङ्गो भएको छ, आँखा कम देखेजस्तो हुन्छ भनेर । तर, मलाई त्यस्तो केही पनि महसुस भएन । तर, कता कता डर भने लाग्थ्यो कतै मलाई पनि त्यस्तै हुने हो कि भनेर । 

म हस्तमैथुन गर्दा हात राम्रोसँग धोएर मात्रै गर्थेँ । अनि गरिसेकपछि पनि राम्रोसँग हात धोएर मेरो लिंग सफा गर्ने र अन्डरवेयर चेन्ज गर्ने गरेको थिएँ । हुन त, मलाई यो कुरा त्यो समयमा कसैले सिकाएको थिएन म आफैँले गरेको थिएँ । अहिले आएर सम्झिँदा लाग्छ, सरसफाइमा ध्यान दिएर मैले राम्रो गरेको रहेछु । साथीहरूले भनेजस्तो हस्तमैथुन गर्दा आँखा कमजोर हुने, हाइट बढ्ने या नबढ्ने, लिंग बाङ्गो हुने भन्ने कुरा भ्रम रहेछ । स्वस्थ र स्वच्छ तरिकाले हस्तमैथुन गर्नु नराम्रो हैन रहेछ भन्ने कुरा पछि थाहा पाएँ । 

हुन त कति जनाले एकैदिनमा थुप्रै पटक हस्तमैथुन गर्छु भनेको पनि सुनेको छु । तर, यसो गर्दा त अरू कुरामा ध्यान नै कम हुनसक्छ । पढाइ र परिवारसँगको सम्बन्ध, अनि आफ्नो करियर नै पनि बिग्रिन सक्छ । तर, मैले एकदमै सानैदेखि हस्तमैथुन गरेको भएपनि सरसफाइमा ध्यान दिँदै कहिलेकाँही मात्रै गरेको भएर मलाई कुनै पनि समस्या भएन । अनि मलाई हस्तमैथुन गर्नु भनेको नराम्रो हो भन्ने पनि लाग्दैन ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।


Tuesday, October 5, 2021

के इज्जत छोरीको योनिमा टाँसिएको हुन्छ ?


–नाम प्रकाशित नगर्ने शर्तमा


मलाई उड्न हौसला दिनेहरू किन मैले हिँडेको देख्न सक्दैनन् ?

म त हिँड्न जन्मिएकी, म त हिँड्न चाहन्छु । जमिन मेरो अस्तित्व हो, अनि आकाश मेरो कल्पना । मेरा आफ्नैहरू मेरो अस्तित्व मेटाउन खोज्छन् । कल्पनामा रमाऊ भन्छन् । तर, म कसरी रमाउन सक्छु र ! किन बुझ्दैनन् कल्पना त एक क्षणिक आनन्द मात्रै हो ! 

क्रान्तिकारी बनी उभिएको बाटोमा जब मेरा पैताला सुत्छन्, तब गिद्धहरूको नजरले मेरो शरीरको हरेक अङ्गलाई एक एक गरी नियाल्छन् ! घर फर्किएर जब ऐनामा आफैँलाई हेर्छु, तब शरीरभर भेट्छु गिद्धे डामहरू । म केही बोल्न सक्दिनँ । बस्, चुपचाप नियालिरहन्छु ती डाम । 

अब भन्नुहुन्छ होला, यस्तो विषय उठाउनुपर्छ, बोल्ने तिम्रो अधिकार हो, आफ्ना लागि आवाज आफैँ उठाउनु पर्छ । किन चुप छौ ? भनेर ।

म बोल्न नसक्ने होइन । अनि बोल्न नचाहेको पनि होइन । आवाज उठाउनु पर्छ, बोल्नुपर्छ, आवाज उठाउनुपर्छ, बोल्नुपर्छ भन्दै चर्को चर्को स्वरमा नारा मात्र लगाउने नारावादीहरूको भीडमा मेरो आवाज नसुनिएको मात्र हो । यहाँ समय बदलिरहन्छ । बदलिएको समयसँगै बदलिएको यो संसारमा, बदलिएका छन् पात्रहरू । अनि बदलिएको छ पात्रहरूको जीवन । यहाँ पात्रहरूको जीवनको पृष्ठभूमी बदलिएको छ, अनि बदलिएको छ अनेक आवरण । तर, कथा भने पुरानै दोहोरिइ रहेको छ । पीडा पुरानै, परिस्थिति पुरानै, अनि जीवनका कहानी, लय र ताल पुरानै । 

आज पनि मानिसहरू जीवनभर आफ्नो इज्जतका लागि मर्छन्, र इज्जतकै लागि मार्छन् पनि ।  आफूले भोगेका पीडा मनमा नै दबाएर, आफैँलाई आफूभित्र दबाएर, आफ्नो स्वतन्त्रताको इज्जत लुट्छन् । र अन्यमा बली चढाउँछन् आफैँले आफूलाई । 

इज्जत भनेको के हो ? इज्जत कहाँ कहाँ टाँस्न मिल्छ होला ? शरीरका कुन कुन अङ्ग इज्जत टाँस्नलाई योग्य छन् होला ? के इज्जत छोरी मान्छेको योनिमा टाँस्नलाई मात्र बनेको चिज हो ? आखिर के हो त इज्जत ?

मेरा प्रश्नहरूको उत्तर यहाँको सज्जन मानिसहरूको जमातसँग छैन । मैले बुझेको समाज र समाजले नबुझेको म उस्तै नै छौँ । मौन !

नारीहरू हिजो पनि इज्जतको आगोमा जलेकै थिए । र, आज पनि उनीहरू जलिरहेका छन् । यो जल्ने श्रृंखलामा सानो मात्रै फरक छ । त्यो फरक के हो भने, हिजो जल्नेहरू इतिहास बनेका छन् अनि आज जलिरहेका र अबका दिनमा जल्नेहरू इतिहास बन्न बाँकी छन् । 

तर, मलाई कदापी त्यस्तो इतिहास बन्नु छैन । मलाई त हिँड्नु छ । कुद्नु छ, मज्जाले उफ्रिनु छ, दिल खोलेर हाँस्नु छ अनि हँसाउनु छ । मलाई लड्न मन छ, लडेर आफै उठ्नु छ, अनि फेरि लडेर फेरि उठ्नु छ र त्यहि लडाईबाट धेरैकुरा सिक्न छ, सिकाउन छ । निरन्तर हिँडिरहनु छ । 

परिवर्तनका लागि मलाई चरा बन्नु छैन । तपाई मानिस बन्नूस् ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।

 

म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...